Websoft University

चैनपुर - होम आइसोलेसनमा बसेकालाई औषधी वितरण

मोहन कुमार राई  - आषाढ ५ गते । रातो तारा डट कम,तिब्र रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोभिड १९ संक्रमित गाउँ–गाउँमा फैलिएसँगै चैनपुर नगरपालिका स्थित होम आइसोलेसनमा बसेका संक्रमितको घरमै पुगी आयुर्वेदिक औषधी वितरण गरेको छ ।


होम आइसोलेसनमा बसेका विरामीहरुलाई थप उर्जा, उच्च मनोवल तथा आत्मबल प्राप्त होस भन्ने उद्देश्यका साथ चैनपुर आयुर्वेद शाखा तथा चैनपुर नगरपालिकाको संयुक्त आयोजनामा गत जेष्ठ २ गते देखि आषाढ पहिलो हप्ता सम्म सञ्चालन भएको आयुर्वेद शाखाका प्रमुख एवं कविराज निरीक्षक दिनेश प्रसाद रायले वताउनुभयो । 

आयुर्वेद स्वास्थ्य जिवन कार्यक्रम अन्तरगत नगरको संक्रमण प्रभावित क्षेत्रहरु वडा नं. २, ३, ४, ५, ६, ७,  र १०  मा आयुर्वेदिक औषधी वितरण गरेको थियो । विभिन्न वडामा ५ सय बढी संक्रमितहरुको घर–घरमै पुगेर वडाका वडाध्यक्षको रोहबरमा औषधी वितरण गरेको थियो । 

कोभिड विरामिका लागि शक्तिवर्धक अमृत चिया, च्यावनप्रास, अश्वगन्धा चुर्ण, सितोपलादी चुर्ण, स्वास्प्रश्वास सम्बन्धी आयुर्वेदीक औषधीहरु प्रदान गर्नुका साथै योग अभ्यासको समेत परामर्श गरेको कविराज निरीक्षक रायले जानकारी दिनुभयो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.