Websoft University

१६ औँ संस्करणको युरोकप फुटबलमा आज दुई खेलहरू हुने


काठमाण्डौ असार ६ गते । रातो तारा डट कम, १६ औँ संस्करणको युरोकप फुटबलमा आज दुई खेलहरू हुँदैछन् । युरोकपको समूह चरण अन्तर्गत आज समूह ’ए’ को दुई खेल हुन लागेको हो । इटाली र वेल्स तथा स्वीजरल्याण्ड र टर्कीबीच आज खेल हुनेछ । 

रोममा घरेलु टिम इटालीले वेल्ससँग राति ९ः४५ बजे प्रतिस्पर्धा गर्नेछ । यो खेलमा इटाली लगातार तेस्रो जित निकाल्ने योजनामा रहनेछ । वेल्स भने इटालीलाई हराएर नकआउट चरणमा पुग्ने रणनीतिका साथ मैदानमा उत्रनेछ । 

अर्को खेलमा स्वीजरल्याण्ड र टर्कीबीच प्रतिस्पर्धा हुनेछ । बाकुमा हुने खेल राति ९ः४५ बजे नै सुरु हुनेछ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.