Websoft University

सिमरास्थित जगदम्बा स्टिल ईण्डस्ट्रिजमा आलागी हुँदा त्यहाँ कार्यरत दुई मजदुरको मृत्यु –चार करोडको क्षति

 


काठमाण्डौ असार ६ गते । रातो तारा डट कम,बाराको सिमरास्थित जगदम्बा स्टिल ईण्डस्ट्रिजमा आलागी हुँदा त्यहाँ कार्यरत दुई मजदुरको मृत्यु भएको छ । अन्य चार जना घाईते भएको प्रहरीले जनाएको छ । भारत विहार पश्चिम चम्पारणका ४० वर्षीय प्रदीप गौड र ४५ वर्षीय रामनाथ महतोको घटनास्थलमै मृत्यु भएको हो । 

६ जना मजदुरले वेल्डीङको काम गरिहेका बेला अचानक आगलागी हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । घाइते भएकामध्ये दुई जनालाई उपचारका लागि काठमाण्डौँ पठाइएको छ । 

एक जनाको वीरगञ्जस्थित वयोधा अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय सिमराले जानकारी दिएको छ । अर्का एक जना सामान्य उपचारपछी घर र्फिर्कएको प्रहरीले बताएको छ । गएराति करिब ८ बजे उद्योगमा रहेको फर्निस आयलको ट्याङ्की वेल्डीङ गर्ने क्रममा आगलागी भएको उद्योग प्रशासनले जनाएको छ । रेडियो सिमरा,


 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.