Websoft University

बेलबारी स्काउटले मनायो ७० औँ जन्मोत्सव


मोरङ बेलबारी। रातो तारा डट कम,नेपाल स्काउट बेलबारी नगरपालिकाले ७० औँ जन्मोत्सवका अवसरमा बृक्षारोपण कार्यक्रम संचालन गरेको छ।स्काउट तदर्थ समिति बेलबारीको कार्यक्रम अनुसार  बेलबारी नगरपालिकाको परिसरमा नगरप्रमुख ज्ञानेन्द्र सुवेदी र उपप्रमुख ढाकाकुमारी पराजुलीले संयुक्त रुपमा बृक्षारोपण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए। 

बेलबारी स्काउट तदर्थ समिती संयोजक बादल देवान र सदस्यहरु रबिन थापा,अनिशा गिरी,सोमबहादुर लिम्बू,विष्णु लिम्बु,माधवराज थापा,कृष्ण गुरुङ,सितल राय रसिन लामा लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

बालबालिका तथा युवाहरुमा शारीरिक, बौद्धिक, सामाजिक, आध्यात्मिक र मनोसंवेगात्मक भवनाको विकास गराई उनीहरुलाई राष्ट्र निर्माणमा समर्पित गराउने उद्देश्यका साथ विश्वमा सन् १९०७ र नेपालमा बिसं २००९ सालमा स्काउट अभियानको सुरुवात भएको थियो । नेपालमा विभिन्न मानवीय सेवा मार्फत नेपाल स्काउटको  सांगठनिक विस्तार र विकास भइरहेको छ ।

नेपालमा दोश्रो लहरको कोरोना भाइरस महामारीको कारण समितिका सदस्यहरुको उपस्थितमा बिरुवा रोपिएको संयोजक बादल देवानले बताए। 

 बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुबेदीले बेलबारी स्काउटको उक्त कार्यको प्रशंसा गर्दै यस कार्यका लागि बेलबारी स्काउटलाई धन्यवाद दिए।उपमेयर ढाकाकुमारी पराजुलीले समाज परिवर्तन र सुसभ्य समाज निर्माणका निम्ति स्काउटलाई थप बलियो बनाउँन नगरपालिकाले आउने दिनमा थप सहयोग समन्वय गर्ने बताइन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.