Websoft University

वनका कर्मचारी तथा पत्रकार हौं भनी ठगी गर्ने रकम सहित २ जना ब्यक्ति रतुवामाईबाट पक्राउ

 


बिराटनगर असार  ६ गते । रातो तारा डट कम, जिल्ला सुनसरी इटहरी उपमहानगरपालिका वडा नं.६ जुटबिकास बस्ने बर्ष ५० को दधिराम चौहान र जिल्ला मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं. ७ बस्ने बर्ष ५६ को पुष्प प्रसाद सिग्देलले हामी बनको कर्मचारी र पत्रकार हौं


कार्यालयमा तेलको आवश्यक छ सहयोग गर्नुहोस अन्यथा तपाईहरूलाई काम गर्न अप्ठेरो हुनेछ भन्ने डर त्रास देखाई विभिन्न काठ मिलहरूमा रकम उठाई ठगी गर्नेलाई मिति २०७८।०३।०४ गते अन्दाजी १८.०० बजे जिल्ला मोरङ रतुवामाई नगरपालिका वडा नं. १० स्थितमा रहेको पूर्ण बहादुर श्रेष्ठको माईवेनी - मिलबाट दधिराम चौहानको साथबाट रू।२५,९९५।-नगद र पुष्प प्रसाद सिग्देलको साथबाट नगद रू।७०००।-सृष्टि साप्ताहिक तथा सन्देश दैनिक समाचार पत्र लेखिएको रसिद प्याड थान-१, उठाएको रकम अभिलेख भएको डायरी थान-१, कान्तिपुर पोष्टको बजार ब्यवस्थापक परिचय पत्र थान-१, जनमत साप्ताहिकको सम्वाददाता परिचय पत्र थान-१, बराह साप्ताहिकको सम्वाददाता परिचय पत्र थान-१ सहित ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले निजहरूलाई नियन्त्रणमा लिई ठगी कसूरमा थप अनुसन्धान कार्य भई रहेकोछ । 

डायरीमा उल्लेख भए अनुसार रकम उठाएको विवरण:-

मोरङ रतुवामाई न।पा। वडा न। १० बस्ने बर्ष ३२ को पुर्ण बहादुर श्रेष्‍ठबाट रु।।२,०००, ।

मोरङ उर्लावारी न।पा। वडा न। ८ स्थित पुर्ण प्रसाद शर्माले संचालन गरेको अम्बिका टिम्बर ईन्डस्ट्रीबाट रू२,०००,।

मोरङ रतुवामाई १० स्थित सन्तोष पुरीले संचालन गरेको सन्तोष फर्निचरबाट रू५,०००,।

 ८ स्थित सूर्य बहादुर थापाले संचालन गरेको थापा फर्निचरबाट रु११,५००,।

 ९ स्थित देवी बहादुर आलेले संचालन गरेको मदन फर्निचरबाट रू२,०००,।

५ स्थित अर्जुन प्रसाद शर्माले संचालन गरेको प्रदिप फर्निचरबाट रू२,५००,

९ स्थित यज्ञ बहादुर वरालले संचालन गरेको पाथिभरा फर्निचरबाट रू५,०००,

४ स्थित रूपनारायण शर्माले संचालन गरेको राम फर्निचरबाट रु२,०००,

६ स्थित वैजनाथ शर्माले संचालन गरेको लक्ष्मी काष्ट उद्योगबाट रु २,०००,

मोरङ डाईनिया बस्ने अरुन साह रु१,५००,

मनकामना पर्निचर उर्लाबारीबाट रु २,०००,

मोरङ बबियाबिर्ता बस्ने पवन यादवबाट रु ५,०००,

बस्ने खने सरदारबाट रु ७,०००,

बस्ने हरी नारायण माझीबाट रू ५०००।

डागिहाट बस्ने गोपाल शर्माबाट रू ४०००।

लक्ष्मिमार्ग बस्ने काचिलाल धिमालबाट रू ५०००।

रमाईलो बस्ने कृष्ण बहादुर पौडेलबाट रू २०००।

होक्लाबारी बस्ने प्रेम कुमार श्रेष्ठबाट रू ५०००।

 रन्जनि बस्ने श्रवण कुमार मगरबाट रू ४०००।

बाहुनी बस्ने अजय चौधरीबाट रू २५०० ।

बाहुनी बस्ने टेक बहादुर वयलकोटीबाट रू १०००।

बेलवारी बस्ने तिलकराम चौधरी बाट रू २००,अमरदह बस्ने सराजुद्धिन बाट रू ५०००।

सुनबर्सी बस्ने धिरेन्द्र सहनीबाट रू २३००।

रगेली बस्ने सत्यनारायण शर्माबाट रू १८००,


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.