Websoft University

प्रदेश १ मा २५५ कोरोना संक्रमित थपिए

 


विराटनगर, ६ असार । रातो तारा डट कम, प्रदेश १ मा आज २५५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ९५, झापामा ७१, सुनसरीमा ४५, संखुवासभामा १३, इलाममा १०, उदयपुरमा ५, ते¥हथुममा ४, खोटाङमा २, पाँचथर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको सुन्दहरैचामा २७, केराबारीमा २३, विराटनगरमा २२, उर्लाबारीमा ७, रतुवामाईमा ४, पथरीशनिश्चरे, बेलबारी, बुढीगंगा र लेटाङमा २–२ , रंगेली, मिक्लाजुङ, कटहरी र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोडमा १७, दमकमा १४, मेचीनगर र अर्जुनधारामा ८–८, शिवसताक्षीमा ७, गौरीगञ्जमा ४, गौरादहमा ३, हल्दिबारी,  कनकाई र भद्रपुरमा २–२, कचनकवल, बुद्धशान्ति, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१,  सुनसरीको इटहरीमा ३१, धरानमा ६, रामधुनी र दुहवीमा ३–३,  गढी र बराहक्षेत्रमा १–१, 

संखुवासभाको चैनपुरमा १२ र खाँदबारीमा १, इलामको मांसेबुङमा ६, चुलाचुलीमा २, इलाम नगरपालिका र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगा र चौदण्डीगढीमा २–२ र स्थानीय तह नखुलेका १, ते¥हथुमको म्याङलुङमा ४, खोटाङको रुपाकोट मझुवागढी र दिप्रुङ चुईचुम्मामा १–१, पाँचथरको फिदिम र धनकुटाको धनकुटा नगरपालिकामा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६८ हजार १२८ पुगेको छ । संक्रमित भएका मध्ये हालसम्म ५५ हजार ७९८ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ११ हजार २३२ रहेको छ । 

प्रदेश १ मा आज १ हजार ४२९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १२६ महिला र १२९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५४ हजार ५७४ पुगेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.