Websoft University

सुन्दरहरैंचा–२ मा दलित समुदायका घर–घरमा कोरोना सचेतना कार्यक्रम सञ्चालन


 शिव भट्टराई,मोरङ । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर २ मा  दलित समुदायलाई लक्षीत गरि कोरोना सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । वडाका विभिन्न दलित बस्तीमा पुगेर जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सञ्चारकर्मी लगायतको टोलीले कोरोना सम्बन्धि सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको हो । वडाका विभिन्न दलित समुदायको बसोबास रहेका बेलडाँगीको मालती टोल, रेजिना टोल, पथ्थरघट्टा टोल र मृगौलिया बजारको हाटखोला लगायतका बस्तीमा रहेका विभिन्न दलित परिवारलाई स्वास्थ्य सामाग्री वितरण गर्नुका साथै उनीहरलाई कोरोना सम्बन्धि जनचेतना जगाइएको हो । 


सो टोलीमा वडाध्यक्ष डोरिलाल चौधरी, वडासदस्यहरु झरिलाल चौधरी, देवीमाया चौधरी, लक्ष्मीमाया परियार र गोविन्द उराउ, आयोजक संस्था गुडलक एजुकेशन एण्ड ट्रेनिङ सेन्टर प्रा. लि. इटहरीका प्रवन्ध निर्देशक रेवती निरौला, दलित उत्थान समन्वय समिति सुन्दरहरैंचा २ का संयोजक प्रल्हाद विश्वकर्मा, मृगौलिया स्वास्थ्य चौकीका अहेव सुनील कुमार शाह, पत्रकार शिव भट्टराई भोजपुरे लगायतको सहभागिता रहेको थियो ।

सबै दलित बस्तीमा पुगेर टोलीले प्रत्येक परिवारलाई एक प्याकेट मास्क, हात धुने सावुन र औषधि वितरण गरेको वडासदस्य लक्ष्मीमाया परियारले जानकारी दिनुभयो । यस्तै टोलीमा सहभागि मृगौलिया स्वास्थ्य चौकीका अहेव सुनील कुमार शाहले कोरोना रोगबाट बच्न अपनाउनु पर्ने उपाय, हात धुने तरिका लगायतका विषयमा जानकारी गराउनु भएको थियो । 

दलित सचेतना कार्यक्रम अन्तरगत वडाका करिव ६० घर दलित परिवारलाई स्वास्थ्य सामाग्री वितरण गर्नुका साथै सचेतना जगाउने काम गरेको वडाध्यक्ष डोरिलाल चौधरीले जानकारी दिनुभयो । उहाँले वडाले दलित समुदायको हितका लागि आगामी वर्षहरुमा अझ बढी कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिवद्धता समेत जनाउनु भएको छ । यस्तै दलित उत्थान समन्वय समिति सुन्दरहरैंचा २ का संयोजक प्रल्हाद विश्वकर्माले नगरपालिका तथा वडाले सचेतनाका साथ साथै दलित समुदायलाई लक्षित गरेर शीपमुलक तालिमका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.