Websoft University

मदन आश्रित प्रतिष्ठानमा सञ्चालित आइसोलेसनमा स्वास्थ्य सामग्री हस्तान्तरण

 


मोहन कुमार राई  आषाढ ६ गते । रातो तारा डट कम, संखुवासभा- पूर्वराज्यमन्त्री तारामान गुरुङले चैनपुर स्थित मदन आश्रित प्रतिष्ठानमा सञ्चालित आइसोलेसनमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ।


आइतवार विहान चैनपुर पुग्नुभएको पूर्वराज्य मन्त्री गुरुङले आइसोलेसनमा अतिआवश्यक विद्युतिय सामग्री १ थान स्टेपलाइजर, १ हजार ३ सय थान सर्जिकल माक्स र २५ थान पिपिई सेट हस्तानतरण गरेका हुन । चैनपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरण प्रसाद ढकाललाई सामग्री हस्तान्तरण गर्ने क्रममा आइसोलेसनमा अत्यावसेक परेको सामग्रीहरु अभाव परेको अवस्थामा पुन थप सहयोग गर्ने आश्वासन समेत दिनुभएको थियो । 

५० वेड क्षमताकोे सो आइसोलेसनमा अहिले २१ जना महिला र १८ जना पुरुष गरि जम्मा ३९ जना कोभिड संक्रमित रहेको चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रका डा.रुपेश कर्णलेवताउनुभयो । ४ स्थानीय तह चैनपुर, धर्मदेवी, मादी, र पाँचखपन नगरपालिकाका कोभिड विरामीहरुको उपचार हुने यस आइसोलेसनमा सबैभन्दा बढी संक्रमित संख्या चैनपुरको रहेको  स्वास्थ्य शाखा अधिकृत हिमाल ढकालले वताउनुभयो । 

हस्तान्तरण कार्यक्रममा चैनपुर नगरपालिका वडा नंं. ६ को वडाध्यक्ष नेत्र बहादुर डाँगी ,नेपाली काँग्रेस संखुवासभा जिल्ला सचिव राजेन्द्र घले, नेपाली काँग्रेस तरुणदल जिल्ला अध्यक्ष टकमान घले, नेपाली काँग्रेस महाधिवेसन प्रनिनिधि कुमारबाबु अधिकारी लगायतको उपस्थिति रहेको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.