Websoft University

लगातारको वर्षाले देवदह क्षेत्र डुवानमा परेको छ ।

 


काठमाण्डौ असार २ गते । रातो तारा डट कम,लगातार परेको पानीका कारण रुपन्देहीको देवदह क्षेत्रको विभिन्न स्थानमा क्षति पुगेको छ । बर्षायाम शुरु भएसंगै आएको पानीका कारण देवदहको विभिन्न क्षेत्र डुवानमा परेको हो । 

बाढीले घोेडाहा खोला, भलुही खोला, कचरार खोलामा आएको बाढीले देवदहको धेरै गाउँ वस्ती डुवानमा परेको छ । गाउँ पूर्णरुपमा डुवानमा पर्नुको साथै सामग्रीहरु समेत बगाएर लगेको स्थानीयवासीहरुले बताएका  छन् । लगातार आएको बर्षाका कारण देवदह–६, मा एक घर पूर्णरुपमा डुवानमा परेपछि अन्यत्र वस्न वाध्य भएको छ । 

स्थानीय जीवन श्रेष्ठको घरमा बाढी पसेपछि अरुको घरमा आश्रय लिएर बसेको देवदह प्रहरी चौकीका प्रहरी निरिक्षक दिपक महत क्षेत्रीले जानकारी दिनु भयो । यसैगरी देवदह–५, खैरेनीमा रहेको लोकेश्वर मन्दिर पनि डुवानमा परेको छ । अधिकांश ठाउहरुमा पानीको निकास नहँुदा डुवानमा परेको देवदह–५, का वडासदस्य तोलराज विकले बताउनुभयो ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.