Websoft University

हतियार तथा लागु औषध सहित ३ जना पक्राउ

 


बिराटनगर जेठ २७ गते । रातो तारा डट कम, मोरङ बेलबारी नगरपालिका वडा नं . १० भाउन्ने जंगल स्थित पूर्व पश्चिम लोक मार्गमा पूर्वबाट पश्चिमतर्फ जिल्ला मोरङ सुन्दर हरैचा नगरपालिका वडा नं . ९ बस्ने चेवन कुमार धमला  र सोही स्थान बस्ने बिशाल भन्ने खेम भट्टराई सवार भएको प्रदेश नं।१ -२-४१ प ८८८७ नं. को मोटर साईकलले पैदल यात्री जिल्ला


मोरङ बेलबारी नगरपालिका वडा नं.११ बस्ने बर्ष १६ को प्रितम राई, ऐऐ बस्ने बर्ष १५ को सन्देश दास र ऐऐ कानेपोखरी गाउँपालिका वडा नं . ७ बस्ने बर्ष ६५ को दिल कुमार योगीलाई ठक्कर दिंदा ५ जना नै घाईते भई उपचारको लागि नोवेल सामुदायिक अस्पताल बेलबारीमा ल्याईएकोमा घाईते मध्येका जिल्ला सुन्दरहरैचा नगरपालिका वडा नं ९ बस्ने चेवन कुमार धमला र ऐऐ बस्ने बिशाल भन्ने खेम भट्टराईलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले शंकास्पद देखी चेकजाँच गर्ने क्रममा लागु औषध ८९२ पिस नाईट्रोजन ट्याब्लेट र १३-८६० ग्राम चरेश जस्तो देखिने कालो पदार्थ फेला पारेको हुँदा अनुसन्धानको क्रममा उक्त लागु औषध जिल्ला मोरङ सुनवर्षी गाउँपालिका वडा नं।८ बस्ने बर्ष ६० को अब्बास मियाबाट खरीद गरी ल्याएको खुल्न आएको हुँदा निजको घर खानतलासी गर्ने क्रममा कटुवा पेस्तोल थान -१ ऐ को गोली थान(२, नाईट्रोभेट ६०० ट्याब्लेट डाईलेक्स डिसी २ बोतल र चक्कु थान - १ समेत फेला परेको हुँदा निज चेवन कुमार धमला, बिशाल भन्ने खेम भट्टराई र अब्बास मियालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान कार्य भई रहेको छ ।   


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.