Websoft University

जननी योद्धाद्वारा निरन्तर मानविय सहयोग!

 


शिव भट्टराई, मोरङ जेठ २७ गते । रातो तारा डट कम,सामाजिक संस्था 'जननी योद्धा ' निरन्तर मानवीय सहयोगमा लागि परिरहेको छ।यस संस्थाले स्वदेश तथा बिदेशमा रहेका विभिन्न संघ, संस्था र व्यक्तिहरूबाट सहयोग जुटाई सुनसरीको इटहरी र मोरङको सुन्दरहरैंचाका विविन्न बस्तीहरूमा रहेका अशक्त, अपाङ्ग व्यक्तिहरूलाई बिहीबार खाद्यान्न सामग्रीहरू वितरण गरेको छ।

कोरोना भाइरस महामारीका कारण जारी गरिएको निषेधाज्ञाको कारण अति विपन्न परिवार, कोरोना संक्रमित व्यक्तिहरु साथै अशक्त अपांगहरुलाई परेको समस्या बुझेर उनीहरुलाई चुल्हो बाल्न सहयोग पुगोस् भनी कुनै पनि पार्टी, जाती, धर्मको भेदभाव नगरी यो कार्य गरिएको संयोजक कृष्ण कुमार घिमिरेले बताएका छन्।


यस अघि पनि सो संस्थाले इटहरी र सुन्दरहरैंचामा रहेका विपन्न घर परिवारलाई सहयोग गरेको थियो र आउँदा दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने संयोजक राजकुमार अधिकारीले बताए।

त्यसैगरी यस्तो विषम परिस्थितिमा छाक टार्न पनि समस्या भइरहेको समयमा सहयोग पाएकोले राहत पाउने व्यक्तिहरूले खुशी व्यक्त गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.