Websoft University

थप ४ सय २८ अक्सिजन कन्सन्ट्रेटर नेपाल आईपुग्यो


काठमाण्डौ जेठ २३ गते । रातो तारा डट कम,गैरआवासीय नेपाली संघले सुरु गरेको ‘नेपालमा अक्सिजन पठाऔँ,आफन्तको ज्यान बचाऔँ’अभियानअन्तर्गत विश्वभरका संघसंस्था र नेपाली समुदायको सहयोगमा थप ४ सय २८ अक्सिजन कन्सन्ट्रेटर काठमाडौँमाआइपुगेकोछ ।

बेलायतबाट १ सय ५०,अष्ट्रेलियाबाट १ सय,क्यानडाबाट ७५,जर्मनीबाट ३०, दक्षिण कोरियाबाट २०, इटालीबाट १०,चीनबाट सात र अन्य संस्थाबाट ३६ अक्सिजन कन्सन्ट्रेटर हिजो साँझ आइपुगेको हो । चीनस्थित नेपाली दूतावास र एनआरएनए राष्ट्रिय समन्वय परिषद् चीनले खरीद प्रक्रियामा सहयोग गरेको तथा नेपाल सरकारले ढुवानी खर्च बेहोरेको थियो ।

एनआरएनए अफ्रिका क्षेत्रबाट इलामदेखि जुम्लासम्मका १३ जिल्लाका २८ अस्पताल र स्वास्थ्य केन्द्रमा १४५ अक्सिजन सिलिण्डर खरीदसहित एक हजार १५० रिफिल अक्सिजन सिलिण्डर र स्वास्थ्य सामग्री हस्तान्तरण गरिसकिएको तथा दुर्गम क्षेत्रमा पठाउने अभियान जारी छ ।

विश्वभरिबाट प्राप्त बाँकी आर्थिक सहयोगबाट संघले सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी गरेको एनआरएनएका प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिनुभयो । 





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.