Websoft University

पेट्रोलियम पदार्थको भाउ बढ्यो


काठमाण्डौ जेठ २३ गते । रातो तारा डट कम, आजैबाट लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । डिजल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ । 

मूल्य वृद्धिपछि काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय २५, डिजल तथा मट्टीतेलको १ सय ८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुगेको निगमले जनाएको छ । निषेधाज्ञाकै बीचमा गत जेठ दुई गते पनि निगमले इन्धनको मूल्य बढाएको थियो । 

भारतीय आयल कर्पोरेसनबाट बढेर प्राप्त भएको नयाँ मूल्यका कारण निगमको घाटा चुलिएकोे र मूल्य समायोजनको विकल्प नभएको निगमको दावी छ । मूल्य समायोजनपछि पनि निगमलाई घाटा रहेको निगमका प्रवक्ता विनितमणि उपध्यायले बताउनुभयो । 

मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा ५ रुपैयाँ ३२ पैसा, डिजल तथा मट्टीतेलमा ३ रुपैयाँ १७ पैसा र खाना पकाउने ग्याँसमा २५८ रुपैयाँ ४६ पैसा प्रतिसिलिण्डर घाटा रहेको उनको दावी छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.