Websoft University

तरुण दल सुन्दरहरैंचाले गर्यो रक्तदान कार्यक्रम!

 


शिव भट्टराई, मोरङ । रातो तारा डट कम,सुन्दरहरैंचा नगरपालिका स्थित गछियामा तरुण दल सुन्दरहरैंचाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।शनिबार भएको रक्तदान कार्यक्रममा १५८ प्रिन्ट रगत संकलन भएको छ।

अहीले कोरोना भाइरसको महामारी फैलिरहेको अवस्थामा विभिन्न अस्पतालहरूमा रगतको आभाव हुन थालेकोले यस रक्तदान कार्यक्रमको आयोजना गरिएको तरुण दलका केन्द्रीय महाधिवेशन प्रतिनिधि अनुरोध शाहले बताएका छन्।

तरुण दल सुन्दरहरैंचा नगर कमिटीको आयोजनामा भएको कार्यक्रममा जिल्ला रेडक्रस मोरङले प्राविधिक सहयोग गरेको तरुण दल सुन्दरहरैंचाका सभापति मिलन श्रेष्ठले बताए। 

त्यसैगरी तरुण दल सुन्दरहरैंचाले यस अघि सुन्दरहरैंचामा रहेका अति विपन्न परिवारलाई राहत वितरण, संक्रमितहरुको घरमा स्यानिटाइज गर्ने जस्ता विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.