Websoft University

कृषि समचार–कोरोना रोकथामका लागि निषेधाज्ञा भइरहदा–चापाकोटमा उत्पादन भएको केरा बिक्री नहुँदा किसाहरु परिसान


काठमाण्डौ जेठ २८ गते । रातो तारा डट कम,स्याङ्जाको चापाकोटमा उत्पादन भएको केरा बिक्री नहुँदा बोटमै कुहिन थालेका छन् कोरोना संक्रमण तथा रोकथामका लागि जिल्लामा जारी निषेधाज्ञा कारण केरा बिक्री नभएर कुहिन थालेपछि किसानहरु चिन्तित भएका छन् ।

चापाकोट नगरपालिकाका ९ का गोपाल प्रसाद घिमिरे,मोहनीलाला घतिर्, गंगाधर ज्ञवाली र भुपराज जिटिले १५ रोपनी जग्गा लगाएको केराले बजार पाएको छैन । स्थानिय स्तरमा उत्पादन भएका बस्तुलाई व्यापारीले प्राथमिकता नदिदा समस्या भएको किसान गोपाल प्रसाद घिमिरेले बताउनु भयो । 

५० देखि ६० रुपैया दर्जन सम्म पनि स्थानिय केरा विक्रि नभएको घिमिरेको गुनासो छ । यो वर्ष १४ लाख आम्दानी गर्ने  लक्ष्य लिनुभएका कृषक मोहनीलाला घर्तिले अहिले २ सय केराको घरि बिक्रिका लागि तयार भएपनि बजार पाएको छैन । जसले गर्दा  १लाख ६० हजार नोक्सान व्यहोर्नु परेको घर्तिले बताउनुभयो । पछिल्लो समय केरा खेतिमा राम्रो संभावना देखेपछि चापाकोटका कृषकहरु जग्गा भाडामा लिएर केरा खेति गर्न थालेका छन् । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.