Websoft University

श्रम स्वीकृतिको अब हप्तामा दुई दिन मात्र हुने


काठमाण्डौ जेठ २८ गते । रातो तारा डट कम,वैदेशिक रोजगार विभागअन्तर्गतको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयले अब हप्तामा दुई दिन श्रम स्वीकृति दिने भएको छ । यसअघि प्रत्येक बुधबार श्रम स्वीकृति प्रदान गरिँदै आएको भए पनि अब भने हप्तामा आइतबार र बुधबार गरी दुई दिन प्रदान गर्ने कार्यालयले जनाएको छ । 

कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गर्दै अन्तर्राष्ट्रिय उडान पनि बन्द गरेपछि भौतिक रूपमा उपस्थित भएर प्रदान गरिने श्रम स्वीकृति बन्द भएको थियो । गएको जेठ १८ गतेदेखि श्रम गन्तव्य देश कतारसहित तीन देशमा नियमित उडान खोलेसँगै कार्यालयले पनि व्यक्तिगत श्रम स्वीकृति कार्यालयमा भौतिक रूपमा उपस्थित भएर प्रदान गर्न थालेको हो । 

यो सेवा यसअघि बायोमेट्रिक नभएका व्यक्तिका लागि मात्र रहेको जनाइएको छ । बायोमेट्रिक भएका र कार्यालयमा उपस्थित नभई अनलाइनबाटै श्रम स्वीकृति लिनसक्ने व्यक्तिले अनलाइनबाटै पनि सेवा लिन सक्छन् । अनलाइनबाटै हुने कामका लागि कार्यालयमा उपस्थित नहुनसमेत विज्ञप्तिमार्फत कार्यालयले आग्रह गरेको छ । 





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.