Websoft University

शैक्षिक सत्र सञ्चालन गर्न विद्यालयहरु अन्यौलता परे


काठमाण्डौ जेठ २६ गते । रातो तारा डट कम,सरकारले असार १ गतेबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्न निर्देशन दिएपनि विद्यालयहरु भने अन्यौलमा छन् । शैक्षिक सत्र २०७७ सालको नतिजा प्रकाशन गर्न नसकेका विद्यालयमा  नयाँ शैक्षिक सत्र कसरी सञ्चालन गर्ने भन्ने अन्यौलता देखिएको छ । 

जेठ ३० गते नतिजा प्रकाशन गरी असार १ गतेबाट भर्ना अभियान सुरु गरेपनि पढाई भने सुरु गरिहाल्ने अवस्था नभएको वुद्दआदर्श माध्यामिक विद्यालय भद्रपुर झापाका प्रधानाध्यापक कृष्णराज भण्डारीले बताउनुभयो । ६६ वटा सामुदायीक र ५ वटा संस्थागत विद्यालय रहेको रामेछापको मन्थली नगरपालिकाले जेठ ३० गते एकै दिन सवै विद्यालयलाई नतिजा प्रकाशन गर्न भनेको छ । 

असार २ गतेवाट भौतीक दुरी कायम गरि विद्यालय भर्ना अभियान सञ्चालन गरिने पालीकाका शिक्षा शाखाका प्रमुख शौभाग्य न्यौपानेले बताउनुभयो । डोटीको जोरायल गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुमा  पनि असार १ गतेबाट कक्षा सुरु गर्ने वा नगर्ने भन्ने विषयमा टुङ्गो लागि नसकेको पालिकाका शिक्षा अधिकृत तेज वहादुर खत्रिले जानकारी दिनुभयो । 

सबै विद्यार्थीमा इन्टरनेटको सुविधा नभएको हुनाले वैकल्पिक शिक्षाको पनि सम्भावनानभएको खत्रीको भनाईछ । शिक्षा मन्त्रालयले भने वैकल्पिक विधिको प्रबन्ध गरेर भए पनि नयाँ शैक्षिक सत्र अगाडि बढाउन निर्देशन दिइसकेको छ । त्यसका लागि एक साता भित्रै नयाँ पाठ्य पुस्तक विद्यालय सम्म पु¥याउने तयारी भएको शिक्षा,विज्ञान तथा प्रविधी मन्त्रालयका प्रवक्ता दिपक शर्मा बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.