Websoft University

हातहतियार खरखजना ,ज्यानमार्ने उधोग,कर्तव्य ज्यान तथा संगठित-अपराधमा संलग्न गिरोह पक्राउ

 


काठमाडौ जेठ  ३१ गते । रातो तारा डट कम, दिपक पाण्डेय समेतलाई गोलीहानी हत्या गरेको घटनाको अपराधी पक्राउ परेका छन। कपिलवस्तु वडा न . ६ गोबरी स्थित चार नम्बर तौलिहवा सडक खण्डको कपिलवस्तु नगरपालिका वार्ड नं १ शिवमन्दिर टोल बस्ने बर्ष ३४ को दिपक पाण्डे समेतलाई तत्काल नामथर नखुलेका पछी खुल्न आएका प्रतिबादी ऐ।ऐ। वार्ड नं १ आनन्दबाग बस्ने बर्ष ३९ को ओम प्रकाश यादव समेतले गोली हानी घाईते बनाएको घटना सम्बन्धमा प्रहरी कर्मचारी परिचालन गरी तत्काल घाईते २ जना मध्ये सैयद अयाज अफताबलाई प्र।उ नवराज अधिकारीले घटनास्थलबाट उद्धार गरि मेडिकल कलेज भैरहवा पुगेको  थियोे । 

घाईते उपचारको क्रममा मृत्यु भएका दिपक पाण्डेयलाई सोही घटनास्थबाट तत्काल प्र.ना.उ. धर्म राज भण्डारी समेतको टोलीले मेडिकल कलेज भैरहवामा पुर्याएको हो । उक्त घटनामा संलग्न व्यक्तिहरुको पक्राउ एवं घटनामा प्रयोग भएका हातहतियारहरुको खोजतलासको लागी अप्रेशन  नाम दिई प्र।ना।उ। धर्म राज भण्डारीको नेतृत्वमा अनुसन्धान टोली परिचालन गरी उक्त घटनामा संलग्न व्यक्तिहरु,वारदातमा प्रयोग गरिएका हातहतियार तथा हातहतियार खरिद बिक्री ओसार पसार गर्ने  कार्यमा संलग्न निम्न मानिसहरुलाई पक्राउ गर्न प्रहरी सफल भएको  थियो ।  
घटनाको मुख्य कारण बिगत ५ बर्ष देखी प्रतिबादी प्रकाश भन्ने ओम प्रकाश यादवको र मृतकको श्रीमती महिमा पाण्डेयको बिच भएको अनैतिक सम्बन्धका कारण मृतकको श्रीमान दिपक पाण्डेयले थाहा पाए पश्चात बिवाद,मनमुटाव सृजना भई सो पश्चात पनि अनैतिक सम्बन्ध कायमै रहेको,मृतकको श्रीमती महिमा पाण्डेयले नै प्रतिबादी प्रकाश भन्ने ओम प्रकाश यादवलाई प्रयोग गरी पटक पटक भनेर दिपक पाण्डेलाई मार्ने योजना बनाई बिगत २र३ बर्ष अघी देखी नै दिपक पाण्डेयलाई मार्न बिभिन्न व्यक्तिहरुलाई प्रयोग गरी सुपारी (बैना) समेत लिएता पनि पटक पटक को प्रयास असफल भएको जनाएका थिए । 

लामो निग्रानी पश्चात मिति २०७८।०२।०५ गते दिपक पाण्डेयलाई निम्न पक्राउ परेका  व्यक्तिहरुले गोली हानी घाईते बनाई मार्न सफल भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । वारदातमा संलग्न मुख्य प्रतिवादीहरुलाई हातहतियार सहित र उक्त हातहतियार खरिद बिक्री ,ओसार पसार गर्ने कार्यमा संलग्न सम्पुर्ण प्रतिबादीहरुलाई सत प्रतिशत पक्राउ गर्न सफल भई निजहरुलाई संगठित अपराध सजाय ऐन २०७० बमोजिम सम्मानित कपिलवस्तु जिल्ला अदालतबाट म्यादथप अनुमती प्रदान भई अनुसन्धान कार्य जारी राखेको प्रहरीले जनाएको छ ।                                          


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.