Websoft University

जर्मनी सरकारले नेपाललाई वित्तीय तथा प्राविधिक सहयोगस्वरुप झन्डै ५ अर्ब अनुदान दिने


काठमाण्डौ जेठ ३१ गते । रातो तारा डट कम,जर्मनी सरकारले नेपाललाई वित्तीय तथा प्राविधिक सहयोगस्वरुप झन्डै ५ अर्ब अनुदान उपलब्ध गराउने भएको छ । नेपालस्थित जर्मनी दूतावासले ट्वीट गर्दै नेपाललाई ४ अर्ब ८० करोडभन्दा बढी अनुदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

नेपाल र जर्मनीबीच जारी द्विपक्षीय सहयोगअन्तर्गत आगामी सन् २०२३ सम्म प्राविधिक सहयोग तथा सन् २०२५ सम्म वित्तीय सहायतालाई निरन्तरता दिन जर्मन सरकारले अनुदानस्वरुप उक्त रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो । नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफेर र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले आज अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको जर्मनीको राजदूतावासले जनाएको छ ।

जर्मनीले मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रमा ऊर्जा तथा नवीकरणीय ऊर्जा, दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रका लागि उक्त रकम प्रदान गरिने दूतावासले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.