Websoft University

भरत मोहन फाउन्डेसन द्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण


बेलबारी जेठ २८ गते। रातो तारा डट कम, पुर्व उपप्रधान तथा अर्थमन्त्री भरत मोहन फाउन्डेसले मोरङको बेलबारी नगरपालिकालाई स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेको छ । भरतमोहन फाउन्डेसनका सचिव महेश आचार्यले बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीलाई स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेका हुन । कोभिड १९ बाट संक्रमित स्थानियको स्वास्थ उपचारको लागि अवश्यक स्वस्थ्य सामाग्रीहरु तथा त्यसको संक्रमण फैलन नदिन प्रयोग गरिने सामग्रीहरु फाउण्डेसनले नगरपालिकालाइ उपलब्ध गराएको हो । 

फाउन्डेसनले पिपि सेट, अक्सी मिटर, बुट,मास्क, सेनिटाइजर, सोडियम हाइपो कोलोराइड लगायतका सामाग्रि नगरपालिकालाई हस्न्तानतरण गरेको हो । सामाग्रि बुझदै नगर प्रमुख सुवेदीले फाउन्डेसनलाई धन्यवाद ज्ञापन गरेका छन । फाउन्डेसनले यसअघिनै पथरी शनिश्चरे नगरपालिका ,सुन्दर हरैचा नगरपालिका ,केरावारी गाउँपालिका ,मिक्लाजुङ्ग गाउँपालिका, कानेपोखरी गाउँपालिका,हसनदह कोभिड अस्पताल लगयतलाई स्वास्थ्य सामाग्री वितरण गरीसकेको छ । 

स्वास्थ्य सामाग्रि हस्तान्तरणमा फाउन्डेसनका सचिव महेश आचार्य सदस्य शुभाष आचार्य र सुन्दरहरैचा उद्योग वाणिज्य संघका सदस्य महेन्द्र आचार्यको सहभागिता रहेको थियो । 

फाउन्डेसनले उर्लावारी लेटाङ लगायतका पालिकालाई आजै सामाग्रि हस्तान्तरण गरेको हो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.