Websoft University

नगरिक केयर सेन्टरलाई एभरेष्ट बैंकद्वारा पाँच लाख रकम सहयोग

 


बिराटनगर जेठ २८ गते, शुक्रबार, । रातो तारा डट कम,नागरिक केयर सेन्टर, विराटनगरलाई एभरेष्ट बैंक लिमिटेडले रु। पाँच लाख सहयोग रकम उपलब्ध गराएको छ ।

 कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचारमा सहजीकरण गर्दै आएको नागरिक केयर सेन्टरलाई एभरेष्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अनुरुप उक्त रकम सहयोग स्वरुप उपलब्ध गराएको जानकारी बैंकका क्षेत्रीय प्रबन्धक श्री पूर्ण बहादुर श्रेष्ठले दिनु भई नागरिक केयर सेन्टरका अध्यक्ष श्री पवन कुमार सारडाज्यू र वरिष्ठ उपाध्यक्ष श्री महेश कुमार जाजू मार्फत चेक हस्तान्तरण गर्नु भएको थियो ।

चेक हस्तान्तरण कार्यक्रममा नागरिक केयर सेन्टरका अध्यक्ष श्री पवन कुमार सारडाज्यू, वरिष्ठ उपाध्यक्ष एवं कोषाध्यक्ष श्री महेश कुमार जाजूज्यू, सदस्य श्री नविन रिजालज्यू, मोरंग व्यापार संघका कार्यकारी प्रमुख श्री कृष्ण रेग्मीज्यू तथा एभरेष्ट बैंक लि।, प्रदेश नं। १का क्षेत्रीय प्रबन्धक श्री पूर्ण बहादुर श्रेष्ठज्यू, विराटनगर शाखा प्रबन्धक श्री साजन के।सी।ज्यू र क्षेत्रीय कार्यालयका श्री रमेश भण्डारीज्यूको उपस्थिति रहेको थियो ।

२०७८ जेठ २८ गते, शुक्रबार

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.