Websoft University

चीनले उत्पादन गरेको दोस्रो खोप सिनोफार्म खोपलाई पनि डब्ल्यूएचओले अनुमति मान्नेता दियो ।


काठमाण्डौ जेठ १९ गते । रातो तारा डट कम,चीनको सिनोभ्याक कम्पनीको खोपलाई डब्ल्युएचओले आपतकालीन प्रयोगको अनुमती दिएको छ । यसअघि चीनकै सिनोफार्म खोपलाई पनि डब्ल्यूएचओले अनुमति दिएको थियो । डब्लुएचओबाट स्वीकृति प्राप्त गर्ने यो चीनले विकास गरेको दोस्रो खोप हो । यसअघि डब्लुएचओले सिनोफार्मलाई पनि आकश्मिक प्रयोगका लागि स्वीकृति प्रदान गरेको थियो । सिनोभ्याक कम्पनीले बनाएको खोपलाई १८ वर्षमाथि उमेरका मानिसहरूलाई लगाउन मिल्ने सिफारिस गरिएको छ । यो खोप पनि दुईदेखि चार साताको अन्तरालमा दुई मात्रा लगाउनुपर्छ । डब्ल्यूएचओको मान्यतापश्चात् गरिब देशहरूलाई खोप वितरण गर्ने कोभ्याक्स कार्यक्रमले यो खोपलाई पनि प्रयोग गर्ने बाटो खुलेको छ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.