Websoft University

नेपाली काँग्रेसको बैठक बस्ने


काठमाण्डौ असार ३ गते । रातो तारा डट कम, आगामी महाधिवेशनको मिति र समसामयिक परिस्थितिको बारेमा छलफल गर्न नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बैठक बोलाइएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

बैठकले पार्टीको १४औँ महाधिवेशनको समय तालिका परिवर्तन गर्ने प्रस्तावका बारेमा निर्णय लिने पनि उहाँले बताउनुभयो । गत शनिबार बसेको पार्टी पदाधिकारी बैठकले आसन्न १४औँ महाधिवेशनको मिति सार्ने निर्णय गरेको थियो । 

यसअघि भदौ ७ देखि १० सम्मका लागि तय गरिएको महाधिवेशनको मिति भदौ १६ गतेबाट सुरु गर्ने निर्णय पदाधिकारी बैठकले गरेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.