Websoft University

भिरबाट ट्रिफर खस्दा १ जनाको मृत्यु, १ जना घाईते

 


संखुवासभा, असार-३ गते । रातो तारा डट कम,

संखुवासभा चिचिला गाँउपालिका ३ स्थित निर्माणाधिन अरुण तेस्रो जलबिधुत आयोजना पुखुवामा पाथिभरा कन्ट्रक्सनद्धारा संचालनमा रहेको बा.५ ख १४० नम्बरको ट्रिफर भिरबाट खस्दा १ जनाको घटनास्थलमानै मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । मृत्यु हुनेमा ट्रिफरमा सवार धनकुटाका २२ बर्षीय दिपेश भटराई रहेका छन् भने घाईते ट्रिफर चालक काभ्रेपलान्चोक भकुण्ढेबेसीका २० बर्षीय नवराज श्रेष्ठ रहेका छन् । बुधबार बेलुका ९ बजे ट्रिफरबाट ढुंगा अनलोड गर्ने क्रममा पछाडी सार्दा ट्रिफर अनियन्त्रीत भई भिरबाट अन्दाजी ३०० मिटर तल अरुण नदीको बगरमा झरी दुर्घटना भएको थियो । घटनाको जानकारी पाए लगतै अस्थाई प्रहरी बेश पुखुवा दोभानबाट प्रहरी टोली खटि गई घाईतेलाई उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल खाँदबारी तर्फ पठाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.