Websoft University

आज मुलुकभर वर्षा हुने र खालाहरुमा बाढी आउने खतरा


काठमाण्डौ असार ३ गते । रातो तारा डट कम, लगातारको वर्षाका कारण आज मुलुकका केही नदीहरूमा आकस्मिक बाढी आउने सम्भावना रहेकाले सचेत रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । 

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, सुदूरपश्चिम प्रदेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार अहिले पनि सुनकोशी नदीको बहाव खतराको संकेतसम्म पुगेको छ । गुल्मीको बडिगाड रुद्रवेणी स्टेशनमा पनि बाढीको सतह खतराको संकेतसम्म पुगेको छ । 

पश्चिम राप्ती, तिनाउ र बबईमा बहाव बढेर उच्च जोखिम हुन सक्ने र गण्डकी र लुम्बिनी प्रदेश क्षेत्रमा पनि जोखिम उच्च रहेको महाशाखाले जनाएको छ । नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा भने आज मध्यम जोखिमको सम्भावना छ । कन्काई, कमला, बागमती, कोशी र यसका सहायक नदीमा पनि मध्यम जोखिमको सम्भावना कायमै रहेको महाशाखाले जनाएको छ ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.