Websoft University

अध्यक्ष किरण पौडेलको नेतृत्वमा आज मनाङ पुगेर करिव १५ लाख बरावरको राहत सामाग्री बितरण


काठमाडौँ, ११  असार । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले विकट जिल्ला मनाङ पुगेर करिव १५ लाख बरावरको राहत सामाग्री वितरण गरेको छ ।


केही समय अघि आएको बाढिपहिरोका कारण मनाङको तालमा करिव ७० घर परिवार प्रभावित भएका थिए । सोही स्थानमा दुई दिनको यात्रा पछि संघका अध्यक्ष किरण पौडेलको नेतृत्वमा आज राहत वितरण गरिएको छ । संघले मनाङका बाढी तथा पहिरोबाट प्रभावित जनसमुदायलाई १५ लाख भन्दा बढिको नगद तथा जिन्सी राहत वितरण गरेको छ । जसमा १२ लाख बरावरको राहत सामाग्रीहरु रहेका छन् भने करिव तीन लाख नगद रहेको छ । राहत सामग्री हरु चामल, तेल, दाल, नुन, लत्ता कपडा, चाउचाउ, बिस्कुट, त्रिपाल, ब्ल्याङकेट लगाएत रहेका छन् ।

बिदाईको क्रममा युवा नेता बस्नेतले राहतको नाममा रकम उठाउँदै आफ्नो व्यक्तिगत व्यवस्थापन गर्ने जस्ता अनियमितता मौलाएको बताउनुभएको थियो । राष्ट्रिय युवा संघले संघ भित्रका स्व ईच्छाले सहयोग गर्न चाहने व्यवसायीक व्यक्तबाट मात्र सहयोग संकलन गरि पारदर्शी वितरण गर्नुपर्ने उहाँले जोड दिनुभयो ।

संघका अध्यक्ष किरण पौडेलले राहतको निम्ति संघ अनवरत खटिएको र देश भरिबाट राहत सामाग्री संकलन भैरहेको बताउनुभयो । संकलित सामाग्री आवश्यक ठाउँमा वितरण गर्ने बताउँदै अन्तिममा सार्वजनिक सञ्चार माध्यम मार्फत संकलित र वितरण भएका सम्पूर्ण रकम तथा जिन्सी सामाग्री पब्लिक अडिट मार्फत सार्वजनिक गर्ने बताउनुभयो ।

राहत वितरणको लागि संघका केन्द्रीय अध्यक्ष पौडेलसहित उपाध्यक्षहरु अमित लामा, क्षितिज थेवे महासचिव रमेश आचार्य, उपहासचिव रामजी सपकोटा लगायत केन्द्रीय सचिव, स्थायी कमिटी सदस्य लगायत रहुनभएको छ । टोलीलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवम् संघका इन्चार्ज महेश बस्नेतले केन्द्रीय कार्यालय नयाँबानेश्वरबाट बिदाई गर्नुभएको थियो ।




वितरण गरिएको राहात सामाग्रीको विवरणस्९

नगद ३ ९तीन० लाख

चामल ३४५ के।जि।९११५ बोरा

दाल ३७५ के।जि।९१५ बोरा

आलु ७५० के।जि।९१५ बोरा

प्याज २५० के।जि।९५ बोरा

तेल ६०० लिटर९ १० बाक्सा

नुन १०० प्याकेट९२ बोरा

त्रिपाल ३६ थान

व्ल्याङ्केट १६० थान

लत्ताकपडा ३०० थान

वाइवाइ ५० कार्टुन

बिस्कुट १२ कार्टुन 

यस वर्षको मनसुन प्रारम्भ सँगै शुरु भएको वर्षात का कारण २०७८ आषाढ १ गते मनाङ का विभिन्न भु९भाग मा बाढीपहिरो बाट सार्वजनिक संरचना र व्यक्तिका सम्पत्तिको अकल्पनीय क्षति भएको थियो । क्षति स्थलहरु मध्ये घरहरु डुबी बगरमा परिणत भएको मजाङको तालमा ७० घर परिवार घरवारविहिन भएका थिए । उक्त स्थलमा अहिलेसम्म प्रयाप्त राहात सामाग्री पुग्न सकेको थिएन । ञजहाँ पीडा,त्यहाँ राष्ट्रिय युवा संघझ भन्ने मान्यतालाई आत्मसात गर्दै राष्ट्रिय युवा संघ नेपालले विगत देखिनै महाबिनाशकारी भुकम्प बाढीपहिरो,डुबान,हुरीबतास,महामारी कोभिड९१९ लगायत पिडित परिवारलाई उद्दार र राहात वितरण गर्दै जनसेवामा समर्पित रहेको तथ्य अवगत नै छ । यसै मान्यतामा रहि आज मनाङ स्थित ताल का ७० घरवारविहीन परिवारलाई झण्डै १५ लाख बराबरको जिन्सी सामाग्री र नगद ३ लाख संघका केन्द्रीय अध्यक्ष क।किरण पौडेल ले नासो गाउँपालिका वडा नं।१ का वडाअध्यक्ष झलकमान गुरुङ लाई क्षतिस्थलमै पुगी हस्तान्तरण गर्नुभएको छ ।

हिजो ९२०७८ आषाढ ९ गते, नेकपा (एमाले) केन्द्रीय सदस्य एवं युवा ईन्चार्ज क।महेश बस्नेतले राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कार्यालयमा संघका अध्यक्ष क।किरण पौडेल नेतृत्व को टोलीलाई जिन्सी र नगद हस्तान्तरण गरि विधाई गर्नुभएको थियोे । अध्यक्ष क।किरण पौडेलले नेतृत्व गर्नुभएको राहात सामाग्री वितरण टोलीमा उपाध्यक्ष द्वय क।क्षितिज थेवे र क।अमित लामा ,महासचिव क।रमेश आचार्य ,उपमहासचिव क।रामजी सापकोटा ,सचिव क।गोविन्द बस्नेत,स्थायी कमिटी सदस्य कमरेडहरु सम्राट गौचन,अमित पौडेल,वकिल बम,पेम्बा घले, सन्तोष सिलवाल र बाबू छत्कुली सचिवालय सदस्य कमरेडहरु कृष्ण दत्त जैसी,सुदिप श्रेष्ठ,बेनी कार्की,अभिषेक तिवारी ,राजु पहारी,ऋषि बस्नेत  र मदन गुरुङ केन्द्रीय सदस्य कमरेडहरु ह्रदयन्द्र आचार्य ,राजेश श्रेष्ठ लगायत स्थानीय नेता कार्यकर्ताहरु हुनुहुन्थ्यो ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.