Websoft University

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा आज पनि सुनुवाई हुदै,

 


काठमाण्डौ असार ११ गते । रातो तारा डट कम, प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा आज पनि संवैधानिक इजलासमा बहस हुने भएको छ । रिट निवेदकको तर्फका कानुन व्यवसायीले अस्ति र हिजो लगातारबहसगरेका थिए । रिट निवेदक र सरकारी पक्षलाई सर्वोच्च अदाललते १५÷१५ घण्टाको समय निर्धारण गरेको  छ ।

रिट निवेदकको तर्फबाट बहसका लागि आब ४ घण्टा ४५ मिनेट समय बाँकी छ । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा कानुन व्यवसायीले बहस गर्नेछन् । हालसम्म रिट निवेदकको तर्फबाट बहसमा भाग लिएका कानुन व्यवसायीहरूले संसद् पुनस्र्थापना गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न र शपथ गराउन सर्वोच्च अदालतले आदेश दिनुपर्ने माग गरेका छन् । 

हिजोको बहसमा सहभागी हुँदै वरिष्ठ अधिवक्ता हरि उप्रेतीले राष्ट्रपति विवादमा परेको र निष्पक्ष समेत नरहेकाले फेरि पनि संविधानअनुसार अगाडि बढ्नेमा प्रश्न उठाउनुभयो । वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले अदालतबाटै प्रस्ट आदेश आउनुपर्ने बताउनुभयो । वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले धारा ७६ को उपधारा (३) अनुसार नै केपी ओली अयोग्य भएकाले मार्गप्रशस्त गर्छु भनेपछि फेरि प्रधानमन्त्रीको दावी पेश गर्न नमिल्ने जिकिर गर्नुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.