Websoft University

रोलरमा ठोकिएर मोटरसाईकल चालकको मृत्यु

 


मोरङ, असार-२ गते । रातो तारा डट कम,मोरङ सुन्दरहरैचा नगरपालिका ८ चिउरा मिल छेउ पुर्व-पश्चिम राजमार्गमा मंगलबार बेलुका ८ बजे भएको सवारी दुर्घटनामा मोटरसाईकल चालक नबलपरासी गैडाकोट ९ घर भई हाल मोरङ सुन्दरहरैचा नगरपालिका ८ बस्ने २५ बर्षिय गोकुल थापा भन्ने याम बहादुर थापाको मृत्यु भएको छ । दुर्घटनामा परी घाईते भएका थापाको सोही दिनको बेलुका ९ बजे कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएकोहो । पुर्वबाट आउदै गरेको One Test रोलरमा सोही दिशा तर्फ आउदै गरेको को३५प ५९७१ नम्बरको मोटरसाईकल ठक्कर खाई दुर्घटना भएको थियो । सो दुर्घटनामा मोटरसाईकल पछाडी सवार सोही स्थानका ३० बर्षीय रुपक खड्का समेत घाईते भई धरानमा उपचार भईरहेको छ  । रोलर र चालक कटहरी गाऊपालिका ४ का ३३ बर्षीय सरोज कुमार गौतम ईलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेको छ ।

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.