Websoft University

भेरोसेल खोप आजबाट लगाउन सुरु


काठमाण्डौ जेठ २५ गते । रातो तारा डट कम,नोबेल कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा आजदेखि लगाइँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको खोप शाखा प्रमुख डा झलक गौतमका अनुसार काठमाडौँ उपत्यकामा ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई र काठमाडौँबाहिर ६२ देखि ६४ उमेरका व्यक्तिलाई खोप लगाइनेछ । 

नेपालमा ६० देखि ६४ वर्षको साढे आठ लाख जनसङ्ख्या रहेको छ । हिमाली जिल्लाका तिब्बतसँग सीमा जोडिएका पालिकामा भने १८ वर्षदेखि माथिका सबैलाई खोप लगाइने गौतमले जानकारी दिनुभयो । हिमाली क्षेत्रमा पटक–पटक खोप पु¥याउन गाह्रो हुने भएकाले १८ वर्ष माथिकालाई खोप लगाइने भएको हो । खोप लगाउन जाँदा उमेर खुल्ने प्रमाणपत्र लिएर जान स्वासथ्य मन्त्रालयले अनुरोध गरेको छ । 

काठमाडौँ महानगरपालिकाले आजदेखि ३२ वटै वडामा कोरोनाविरुद्धको खोप केन्द्र सञ्चालन गर्दैछ । काठमाडौँका खोप केन्द्रमा आजदेखि २९ सम्म सञ्चालन हुने खोप कार्यक्रममा पहिलो दिन ६४ वर्ष, २६ गते ६३, २७ गते ६२, २८ गते ६१ र २९ गते ६० वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिने कार्यक्रम रहेको काठमाडौँ महानगरपालिका सहरी स्वास्थ्य विभागले जनाएको छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.