Websoft University

बेलैमा सावधानी नअपनाउदा–सहरमा भन्दा गाउँघरमा कोरोना सङ्क्रमण गति तीव्र हुन थाल्यो

 


काठमाण्डौ जेठ २७ गते । रातो तारा डट कम, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नोबेल कोरोना भाइरसको सङ्क्रमण गाउँगाउँमा फैलिएकाले सावधानी अपनाउन अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलका अनुसार सहरमा केही कम भए पनि गाउँमा कोरोना सङ्क्रमण तीव्र देखिएको छ । 

अझै पनि ४६ भन्दा बढी जिल्लामा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेको तथा तीमध्ये काठमाडौँ, ललितपुर, भक्तपुर, झापा, मोरङ, रुपन्देही, कैलाली र चितवनमा धेरै सङ्क्रमित रहेको बताउँदै उहाँले पछिल्लो १४ दिनमा पाँचथर, ओखलढुङ्गा, तेह्रथुम, सिरहा, सिन्धुपाल्चोक, नुवाकोट, नवलपरासी पूर्व, रोल्पा, रुकुम पश्चिम र दार्चुलामा सक्रिय सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको जानकारी दिनुभयो । 

प्रवक्ता पौडेलका अनुसार प्रदेश १ मा पाँचथर, ओखलढुङ्गा, तेह्रथुममा कोरोना सङ्क्रमण अत्यधिक रहेको छ । प्रदेश २ मा सिरहा, बागमती प्रदेशमा सिन्धुपाल्चोक, नुवाकोट, गण्डकी प्रदेशमा नवलपरासी पूर्वमा सङ्क्रमण फैलिरहेको छ । यसैगरी लुम्बिनी प्रदेशमा रोल्पा, कर्णाली प्रदेशमा रुकुम र रुकुम पश्चिम र सुदूरपश्चिमको दार्चुलामा कोरोना तीव्र रूपमा फैलिएको छ । 


 





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.