Websoft University

प्रदेश १ मा कोभिड १९ विरुद्धको खोप ल्याउनका लागि पहल भईरहेको छ ः मन्त्री राई


 विराटनगर, ६ जेठ । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड १९ विरुद्धको खोप ल्याउनका लागि पहल भईरहेको बताउनु भएको छ । प्रदेश १ मा चाँडोभन्दा चाँडो खोप ल्याउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । 

प्याब्सन, हिसान र नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रतिनिधिसँग आज भएको छलफलका क्रममा मन्त्री राईले सो कुरा बताउनु भएको हो ।  कोरोना संक्रमणसँग जुध्दै वैकल्पिक विधिबाट शैक्षिक गतिविधिहरु सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो । छलफलका क्रममा निजी तथा आवासिय विद्यालय अर्गनाईजेसन नेपाल (प्याव्सन)का केन्द्रीय अध्यक्ष टीकाराम पुरीले प्रदेश सरकारले शिक्षकहरुका लागि खोपको व्यवस्था गर्न माग गर्नुभयो । उहाँले वैकल्पिक विधिबाट शिक्षालाई अगाडी बनाईने बताउनुभयो । उहाँले भन्नुभयो,‘ सँधै विद्यालय बन्द गरेर राख्ने अवस्था हुँदैन ।’ 

हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल र मोरङ अध्यक्ष राजेश कार्कीले प्रदेश सरकारले स्वास्थ्यमा केन्द्रित गरेर कार्यक्रम अघि बढाउन आवस्यक रहेकोमा जोड दिनुभयो । उहाँहरुले खोपलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । 

नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय सदस्य तथा सत्यनारायण माविका प्रधानाध्यापक धर्मानन्द खरेलले प्रदेश सरकारले गत आर्थिक वर्षमा सञ्चालन गरेका राम्रा कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गर्नुभयो । पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेकाले उहाँले भौतिक पूर्वाधारमा पनि प्रदेश सरकारले ध्यान दिनुपर्ने आवस्यकता औल्याउनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.