Websoft University

मानवसेवा आश्रमलाइ ५० बोरा चामल हस्तान्तरण


बिराटनगर बैशाख २८ गते। रातो तारा डट कम, सडकपेटी र सार्वजनिक स्थलहरुमा अत्यन्तै कष्टकर, पीडादायी एवं दयनीय जीवनयापन गर्दै आइरहेको व्यक्तिहरुको संरक्षण, पालनपोषण गरिरहेको मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) लाई रोटरी क्लब अफ विराटनगरले खाद्यान्न सहयोग गरेको छ। रोटरी क्लब अफ विराटनगरले मातातिर्थ औंसीको अवसरमा सहयोग गर्ने अवसर प्राप्त गरेको क्लबका अध्यक्ष डा. बिजु थपलियाले बताए।

रोटरी क्लब अफ विराटनगरले मातातिर्थ औंसीको अवसरमा ५० किलोको ५० बोरा चामल सहयोग गरेको हो ।

मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) को प्रदेश नं १ केन्द्रित विराटनगरमा हाल ३ वटा घर भाडामा लिएर सेवा सन्चालन भईरहेको मानवसेवा आश्रम प्रदेश नं १ का संयोजक नवराज केसीले बताए । ३ वटा घरमा गरेर २१५ जना विभिन्न उमेर समुहका सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, शारीरिक तथा मानसिक रुपमा कमजोर) सडकआश्रित मानवहरुको लालनपालन, संरक्षण भईरहेको छ ।

आश्रममा आमाबुबाहरुको संख्या धेरै भएको र आश्रममा खाद्यान्न अभाव भएको महसुस भयो । त्यसपछि साथीहरुलाई सहयोग जुटाउन अनुरोध गरेको आश्रमका अभिभावक दिपक चापागाईले बताए । रोटरी क्लबले अनुरोध सहर्ष स्वीकार गर्दै सहयोग गरेकोमा चापागाईले कृतज्ञता समेत व्यक्त गरे ।

सहयोग हस्तान्तरण गर्नका लागि रोटरी क्लब अफ विराटनगरका अध्यक्ष डा। बिजु थपलिया, टिपी आचार्य र मनोज बिक्रम शाहको उपस्थिति रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.