Websoft University

उदयपुरमा कोरोना संक्रमीत कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुखको निधन

 


श्याम राई÷उदयपुर गाईघाट, २८ बैशाख । रातो तारा डट कम,उदयपुरमा कोरोना संक्रमीत कार्यालय प्रमुख सहित तिन जनाको मृत्यु भएको छ ।

सोमबार राती र मंगलबार विहान ३४, ५४ वर्षिय पुरुष र ५० वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको हो । यो सँगै उदयपुरमा मर्नेको संख्या ७ पुगेको छ ।

कोरोना संक्रमीत कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुखको उपचारको क्रममा काठमाडौंस्थीत टिचिङ्ग अस्पतालमा सोमबार मृत्यु भएको प्रमुख जिल्लाअधिकारी तुलसीरामसेढाईले बताए । सिराहा निवासी उनी कार्यालयबाटै संक्रमित भएपछि काठमाडौंमै उपचार गराईरहेका थिए । कोरोना संक्रमित त्रियुगा नगरपालिका–५ का ५४ वर्षिय पुरुषको विराटनगरस्थीत नोवेल अस्पतालमा मृत्यु भएको हो । ज्वरो र रुघाखोकी लागेपछि उपचारको लागि अस्पताल पुगेका उनमा कोरोना पुष्टि भएको थियो । बैशाख २३ गते अस्पताल भर्ना भएका उनको मंगलबार विहान ५ बजे मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।

कोशी अञ्चल अस्पताल विराटनगरका फोकल पर्सन बैधनाथ साहले त्रिनपा–५ की ५० वर्षिया महिलाको उपचारको क्रममा मृत्यु भएको बताए ।

ति महिलाका विहान १ः३० बजे मृत्यु भएको हो । उदयपुरमा कोरोना भाईरसको संक्रमीतको संख्या २ सय ३९ पुगेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए ।






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.