Websoft University

औषधी कालोबजारी गर्ने १ जना पक्राउ


बिराटनगर जेठ ७ गते । रातो तारा डट कम, जिल्ला सिरहा धनगढीमाई नगरपालिका वडा नं. वडा नं. ७ फुलकाहाकट्टी घर भई हाल जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं . ३ स्थित विराट अस्पताल नजिक पश्चिमवासी फार्मेसी संचालन गर्ने २२ बर्षिय रविन्द्र महतोले जिल्ला सिरहा बरियारपट्टी गाउँपालिका वडा नं . ३ बस्ने बर्ष ४५ को राम नारायण मुखियालाई मिति २०७८।०१।२५ गते देखि मिति २०७८।०१।३० गतेसम्म फार्मेसीमा औषधी बिक्री गर्दा २ वटा खाता बनाई एउटा खातामा औषधीको बास्तविक मुल्य लेख्ने र अर्को खातामा बढि मुल्य लेख्ने र ग्राहकलाई त्यही बढि मुल्यको खाता देखाई औषधीको बढि मुल्य लिने गरेको प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गर्दा खुल्न आएको हुँदा निज रविन्द्र महतोलाई मिति २०७८।०२।०६ गते अन्दाजी १७स्०० बजे निजको फार्मेसीबाटै पक्राउ गरी कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम थप अनुसन्धान कार्य भई रहेको ।

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.