Websoft University

प्रधानमन्त्रीमा ओली फेरी (जसपा)को समर्थनमा दोहोरिने समंभावना बढ्यो

 


काठमाण्डौ जेठ ७ गते । रातो तारा डट कम,प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली जनता समाजवादी पार्टी (जसपा)को समर्थनमा वैकल्पिक सरकारमा नियुक्त हुने रणनीतिमा लाग्नुभएको छ । त्यसैको अभ्यासस्वरुप प्रधानमन्त्री निवास बालुवाटारमा हिजो उहाँले जसपाका अध्यक्ष महन्थ ठाकुरसँग करिब दुई घण्टा छलफल गर्नुभएको छ । गएराति नै प्रधानमन्त्री ओली र  अध्यक्ष ठाकुर राष्ट्रपति कार्यालयमा पनि पुग्नुभएको थियो । एमालेका १ सय २१ र जसपाका २० जना सांसदसहित बैकल्पिक सरकार बनाउने प्रधानमन्त्री ओलीको तयारी रहेको एमालेका एक नेताले बताए । २७ वैशाखमा विश्वासको मत लिन नसकेपछि ३० वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई अल्पमतको सरकारको प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो । अल्पमतको सरकारको प्रधानमन्त्रीले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने भए पनि त्यसो नगरिएको भन्दै उहाँको आलोचना भइरहेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.