Websoft University

बिष्णु रिसिदेवको हत्याको आरोपमा पुजन राईलाई आजै पक्राउ गरिएको छ।


सुन्दरहरैचा जेठ  ७ गते । रातो तारा डट कम, मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं।३ लोचनी स्थितमा ऐ।ऐ।बस्ने बर्ष ४० को बिष्णु ऋषिदेवलाई घाँटीमा धारिलो हतियारले काटी मारेको भन्ने प्राप्त सूचनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गर्दा निजलाई ऐ।ऐ।बस्ने जय बहादुर राईको छोरा बर्ष २३ को पुजन राईले फलामको बामफोक (दाउ) ले घाँटीमा प्रहार गरी मारेको भनी अनुसन्धानको क्रममा खुल्न आएको हुँदा निज पुजन राईलाई आजै मिति २०७८।०२।०७ गते अन्दाजी ८.०० बजे जिल्ला मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं. ३ लोचनी स्थित निजकै घरबाट पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसूरमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान कार्य भई रहेको छ। 

साथै उक्त घटनामा प्रयोग भएको दाउ निज पुजन राईको घरको भान्साकोठामा रहेको चाङ माथिबाट बरामद गरिएको । 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.