Websoft University

दिपक पाण्डेय समेतलाई गोलीहानी घाईते बनाउने पक्राउ


काठमाडौ । रातो तारा डट कम, कपिलवस्तु कपिलवस्तु  न।पा।३ सडवा स्थित ४ नं। तौलिहवा सडक खण्डमा तौलिहवा तर्फ आउदै गरेको  लु ९ प ८५२१ नं। को  मो।सा।मा सवार  मो।सा।चालक भारत जिल्ला बस्ति थाना मुण्डिलवा ग्राम टिकौरा बस्ने बर्ष ३६ को मोहमद ईसाद खान, सोही मो।सा।मा सवार भारत

जिल्ला सिदार्थनगर ग्राम चेतरी बजार बस्ने बर्ष २६ को ईयाज अख्तर मुसलमान र जिल्ला कपिलवस्तु कपिलवस्तु न।पा।१ बस्ने बर्ष ३४ को दिपक पाण्डेलाई तत्काल नंम्बर नखुलेको मोटरसाईकलमा आएका ३ जना व्यक्तिहरुले पेस्तोलबाट ३ राउण्ड गोली फायर गरी दिपक पाण्डे र  ईयाज अख्तर मुसलमानलाई  घाईते बनाई फरार रहेको र घाईते मध्येका दिपक पाण्डेको हाल मेडिकल कलेज भैरहवामा उपचार भईरहेकोछ । उक्त घटनाको अनुसन्धानको क्रममा घाईतेको भनाई तथा बरामद दसी प्रमाणहरुको प्राविधिक बिश्लेषण समेतबाट जि कपिलवस्तु कपिलवस्तु नगरपालिका वार्ड नं।१ आनन्दबाग बस्ने बर्ष ३९ को ओम प्रकाश यादवले घाईते दिपक पाण्डे सँगको व्यक्तिगत दुस्मनीका कारण अन्य प्रतिवादीहरु संग मिलि निज दिपक पाण्डेलाई गोलीहानी हत्या गर्ने योजना बनाई लु १६ प ३४९७ नंवरको मो।सा।आफैले चलाई प्रतिवादी ऐ ऐ वार्ड नं २ सागरटोल बस्ने बर्ष ३३ को साकिर अलि पाखिया समेत सोही मो।सा। मा चढी योजना अनुसार पिछा गरी घटनास्थलमा पुग्दा निज दिपक पाण्डे समेतलाई गोलीहानी घाईते बनाई घटनास्थलबाट भागी फरार भएको भन्ने खुल्न आएकोले सो घटनामा संलग्न २ जनालाई मिति २०७८।०२।०६ गते जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको बिशेष अनुसन्धान टोलीले पक्राउ गर्न सफल । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको ।

पक्राउ प्रतिवादीहरु 

नामथर ओम प्रकाश यादव बर्ष ३९  कपिलवस्तु कपिलवस्तु नगरपालिका वार्ड नं.१ -बुवाको नाम  सरन यादव

नामथर साकिर अलि पाखिया बर्ष ३३, कपिलवस्तु नगरपालिका वार्ड नं.२, बुवाको नाम अहमद अलि पाखिया

बरामद दशीका सामानहरु  

लु १६ प ३४९७ नंवरको२२० सिसीको पल्सर मो।सा। थान-१ ।

प्रतिबादी ओम प्रकाश यादवले प्रयोग गर्ने गरेको मोवाईल थान-२

ठ।टछ m m लेखिएको जंगी राउण्ड थान-१ र खोका थान-१

  



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.