Websoft University

मोटरसाईकल दुर्घटनाबाट एकको मृत्यु, दुई घाईते

 


मोरङ, बैशाख-१९ गते । रातो तारा डट कम,मोरङ रतुवामाई नगरपालिका ९ स्थित आमबारी-उर्लाबारी सडक खण्डमा २ वटा मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा १ जना मृत्यु र २ जना घाईते भएका छन् । आज बिहान साढे १० बजे उत्तर तर्फ जाँदै गरेको प्र.१-०२-०४१ प. २६६४ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउदै गरेको प्र.१-०२-०४४ प.२६०९ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो । सो दुर्घटनामा गम्भिर घाईते भएका २६६४ नम्बरको मोटरसाईकल चालक रतुवामाई नगरपालिका ७ गडिझार का २७ बर्षीय ललित कट्वालको अरनिको अस्पताल उर्लाबारीमा बिहान पौने ११ बजे  उपचारको क्रममा मृत्यु भएको छ भने अर्को २६०९ नम्बरको मोटरसाईकल चालक रंगेली नगरपालिका ५ का २१ बर्षीय मनजय ठाकुर र सोही मोटरसाईकलमा पछाडी सवार बेलबारी नगरपालिका ३ का ३० बर्षीय नबिन ठाकुर घाईते भई सोही अस्पतालमानै उपचार भईरहेको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ । दुर्घटनामा संलग्न दुबै मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.