Websoft University

भारतमा दैनिक ४ लाखका दरले कोरोना सङ्क्रमण दर थपिने क्रम जारी छ–दैनिक ४ हजार ९० जनाको कोरोना सङ्क्रमणको कारण मृत्यु हुदै,


काठमाण्डौ जेठ २ गते । रातो तारा डट कम,भारतमा पछिल्लो समय दैनिक कोरोना सङ्क्रमणको दरमा कमी आउन थालेको छ । दैनिक ४ लाखका दरले कोरोना सङ्क्रमण दर थपिने गरेकोमा विगत केही दिनदेखि त्यो संख्या ५० हजारलेघटेकोछ ।

कोरोना सम्बन्धी विश्व तथ्याङ्कलाई अद्यावधिक गर्दै आएको वल्र्ड मिटरका अनुसार भारतमा पछिल्लो एक सातादेखि कोरोना सङ्क्रमित थपिने दर ३ लाख ५० हजारको हाराहारीमा रहेको बताएको छ । गत २४ घन्टामा पनि भारतमा ३ लाख १० हजार ८ सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

योसँगै भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या २ करोड ४६ लाख ८३ हजार ६५ पुगेको छ । भारत दैनिक सङ्क्रमण दर थपिनेमा विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक बनेको छ । जहाँ दिनकै ४ लाखसम्म कोरोना सङ्क्रमित थपिने गरेको थियो । 

अहिलेपनि ३ लाखभन्दा बढीमा कोरोना सङ्क्रमण देखिने गरेको छ । भारतमा कोरोना सङ्क्रमणको दरमा कमी आएपनि मृत्यु दर भने अझै दैनिक ४ हजार रहेको छ । गत २४ घन्टामा ४ हजार ९० जनाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ । 


योसँगै भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ७० हजार ३ सय १९ पुगेको छ । यस्तै भारतमा हालसम्म कोरोनाका कारण सङ्क्रमित भएकामध्ये २ करोड ७ लाख ८९ हजार ३८ जना स्वस्थ भएका छन् ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.