Websoft University

कोरोना सङ्क्रमित थपिँदै गर्दा अस्पताल भर्ना हुने अस्पता जानेको संख्या बढ्यो


काठमाण्डौ जेठ ६ गते । रातो तारा डट कम, देशभर कोरोना सङ्क्रमणको दोस्रो चरणको लहरले प्रभाव पारेसँगै अस्पताल भर्ना हुने गम्भीर बिरामीको संख्या पनि बढ्दै गएको छ । पछिल्लो समय दैनिक औसतमा ८ हजारका दरले कोरोना सङ्क्रमित थपिँदै गर्दा अस्पताल भर्ना हुने गम्भीर बिरामीको संख्या पनि बढ्न थालेको हो । 

अस्पताल भर्ना हुने गम्भीर बिरामीले समयमै बेड नपाउँदा अकालमै मृत्यु समेत हुन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर हाल गम्भीर बिरामीका लागि १ हजार १ सय २७ बेडको आईसीयूको व्यवस्था गरिएको छ भने जटिल बिरामीका लागि भेन्टिलेटर सहितको जम्मा ४ सय ५३ वटा बेड रहेको छ । सरकारको तथ्याङ्क र बिरामीको संख्या अनुपातमा तालमेल नमिल्दा बिरामीहरु समयमै बेड पाउनबाट बञ्चित हुने गरेको मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन कुमार पोखरेलले सीआईएलाई बताउनुभयो । 

सरकारले काठमाडौं उपत्यका बाहिर रहेका निजी अस्पतालका भेन्टिलेटर र आईसीयू बेडको संख्या भने हालसम्म पनि अद्यावधिक गर्न सकेको छैन । जसका कारण उपत्यका बाहिरका बिरामीहरु पनि काठमाडौं नै आउनुपर्ने बाध्यता रहेको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.