Websoft University

आज पनि धेरै स्थानमा वर्षा हुन सक्ने


काठमाण्डौ जेठ ६ गते । रातो तारा डट कम, देशभर आज सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले छ ।  जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आज पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको गुजरातबाट उतर पश्चिमतिर कमजोर हुँदै अगाडि बढेको चक्रवात ताउ–ते को प्रभावका कारण बदली तथा वर्षा हुने   बताएको हो ।  

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । देशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । उच्च हिमाली भू–भागका केही स्थानमा भारी हिमपात र वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । 

यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ । उच्च हिमाली भू–भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.