Websoft University

३ सय ४८ मतदाताले वाग्मती प्रदेशमा आज मतदान गर्दै छन ।


काठमाण्डौ जेठ ६ गते । रातो तारा डट कम,वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका लागि आज मतदान हुँदैछ । आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मतदानवको समयावधि तोकिएको छ । हेटौँडा–४ मा रहेको भुटनदेवि स्कुलको चौरमा हुने मतदानपछि  साँझसम्म मतगणना सक्ने गरी तयारी गरिएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले संन्चारकर्मीहरुलाई जानकारी दिनुभयो । 

उपनिर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा र डा खिमलाल देवकोटा मुख्य प्रतिस्पर्धामा उत्रनुभएको छ । एमालेको आधिकारीक उम्मेद्वार आफू भएको र प्रदेशमा नेकपा एमालेको बहुमत रहेको भन्दै थापाले दलीय व्यवस्थालाई स्वीकार गरेकाले स्वतन्त्र उम्मेद्वारलाई भन्दा अन्य दलका मतदाताले समेत आफूलाई मतदान गर्नेबताउनुभएकोछ ।

नेकपा एमाले ओली पक्षले गृहमन्त्री थापा नै आधिकारिक उम्मेद्वार भन्दै ह्वीप जारी गरेको छ । काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा एमाले माधव नेपाल पक्षका डा खिमलाल देवकोटा उम्मेद्वार बन्नुभएको थियो । नेमकिपाका तर्फबाट कृष्णबहादुर तामाङले उम्मेद्वारी दिनुभएको छ । 

उपनिर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य १ सय १० जना र प्रदेशका १३ जिल्लाका १ सय १९ स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय ३८ जना गरी ३ सय ४८ मतदाता रहेको बुइिाएकोछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.