Websoft University

प्रेस बिज्ञाप्ति–अमेरिका र स्विटजरल्याण्डबाट स्वास्थ्य सामग्री नेपाल आउँदै


काठमाण्डौ जेठ ८ गते । रातो तारा डट कम, कोरोना महामारीको दोस्रो लहरबाट प्रभावित बनेको नेपाललाई विदेशबाट थप स्वास्थ्य सामग्री सहयोग आज नेपाल आउँदैछ । कोरोनाविरुद्धको लडाईमा अन्तर्राष्ट्रिय समुदायले नेपाललाई सहयोग स्वरुप स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएको छ । यसैक्रममा अमेरिका र स्वीटजरल्याण्डबाट आज थप स्वास्थ्य सामग्री नेपाल आउन लागेको हो । अमेरिकी सहयोग नियोग (यूएसएआईडी) मार्फत ठूलो मात्रामा स्वास्थ्य सामग्री पठाउन लागेको हो । कोरोना महामारीसँग जुधिरहेको नेपालका लागि यो सहयोग पठाइएको नियोगले जारी गरेको प्रेस बिज्ञाप्तिमा उल्लेख छ । अमेरिकाबाट आउने सामग्री आज दिउँसो १ बजे काठमाडौं पुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । यस्तै स्विटजरल्याण्डबाट पनि आज अक्सिजन कन्सन्ट्रेटरसहितका स्वास्थ्य सामग्री नेपाल आउँदैछ । बिहान ९ बजे स्विटजरल्याण्डबाट आउने सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।


 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.