Websoft University

२०७८,कात्तिक २६ र मङ्सिर ३ मा चुनावको घोषणा, जनताको प्रश्न ? विपक्षी चुनावमा जान किन डराउछन


काठमाण्डौ जेठ ८ गते । रातो तारा डट कम,राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी आगामी कातिक २६ गते पहिलो चरण र मङ्सिर ३ मा दोस्रो चरणको निर्वचनको घोषणा गर्नु भएको छ । 

गएको मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको मिति घोषणा गर्न सिफारिस गरेको थियो । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री पदका लागि केपी शर्मा ओली र शेरबहादुर देउवाले पेश गरेको दावी अस्वीकार गरेपछि मन्त्रिपरिषद्को बैठक गएराति बसेको थियो । 

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री पदका लागि देउवा र ओलीले पेश गरेको दावी अवेर राति अस्वीकार गर्नुभएको थियो । राष्ट्रपति कार्यालय शीतलनिवासबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘दाबीकर्ता दुवै माननीय सदस्यहरूले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले उक्त उपधारा (५) बमोजिमका दाबीकर्ता दुवै माननीय सदस्यहरूको दाबी नपुग्ने देखिएकोले प्रधानमन्त्री पदमा नियुक्ति गर्न मिल्ने देखिएन ।’ 

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्विटरमार्फत महामारीमा मृत्युुसँग जुधिरहेका जनतालाई निर्मम उपहार मध्यावधि निर्वाचन दिइएको भन्दै जनताको साथ र समर्थनमा लोकतन्त्र अनि संविधानलाई पुनर्जीवन दिइने उल्लेख गर्नुभएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.