Websoft University

फिफाले महिला फुटवल विश्वकपको नयाँ मिति तय गर्यो


काठमाण्डौ जेठ ८ गते । रातो तारा डट कम,सन् २०२३ को फिफा महिला विश्वकप फुटबलको मिति तय भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले महिला विश्वकपको नयाँ मिति तय गरेको हो । अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा आयोजना हुने महिला विश्वकप जुलाई २० देखि अगस्ट २० सम्म हुने फिफाले जनाएको छ । विश्वकपको उद्घाटन न्युजिल्याण्ड अकल्याण्डस्थित इडेन पार्कमा हुनेछ भने फाइनल खेल अष्ट्रेलियाको सिड्नी स्टेडियममा हुनेछ । अष्ट्रेलियाको सिड्नीसँगै मेलबर्न, ब्रिसबेन, एडिलेट र पर्थमा खेलहरु हुनेछ । यस्तै न्युजिल्याण्डको अकल्याण्ड, डुनेडिन, ह्यामिल्टन र विलिङटनमा हुनेछ । यसअघि फ्रान्समा भएको विश्वकपको उपाधि अमेरिकाले जितेको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.