Websoft University

आफनो भेषभुषको संरक्षणमा जुटे धिमाल महिलाहरु

 


उत्तम पोखे्रेल -मोरङ बेलबारी जेठ  ९ गते । रातो तारा डट कम, दाबोना’ अर्थात पेटानी धिमाल समुदायका महिलाले लगाउने गर्छन् । तर, आधुनिकताका कारण अहिले महिलाले पेटानी लगाउन छाड्दै गएका छन् । अझ युवा पुस्तामा आफ्नै जातीय पहिरनप्रति आकर्षण छैन ।


पेटानी गुन्यूजस्तै हो तर, पेटानी करिब पाँच÷छ हात मात्रको हुन्छ । पेटानी लगाउँदा महिला केवल छाती मात्रै ढाक्छन् । पेटानी लगाउने महिलाले चोलो लगाउँदैनन् । पेटानी लगाउने महिलाले छाती मात्रै छोप्छन् र पेटानी घुँडा मुन्तिरसम्म मात्र लगाउँछन् । पेटानी प्रायः कालो रङको हुन्छ । यो घरमै महिलाले धागो कातेर तानमा बनाउने गर्छन् । पेटानी बनाउने धिमाल जातिको हाम्रो पुख्र्याैली पेशा हो बेलबारी २ कि तुलसा लुइटेल धिमालले यसको संरक्ष्ण गर्ने सके धिमाल समुदायका महिला कोही पनि बेरोजगार हुनु नपर्ने रहेछ ।

 झापा र मोरङमा बसोबास गर्दै आएका आदिवासी समुदाय हुन् ‘धिमाल’ । सो समुदाय आफ्नै भाषा, मौलिक पहिचान, जीवनशैली, भेषभूषा, सस्कार संस्कृति रहेको छ । आादिमकालबाट प्रकृतिमा निर्भर रहेको धिमाल समुदायले प्रकृति पूजामा विश्वास राख्दै आएको किबदन्त रहको छ ।तर उनिहरुको भेषभुषा लोप हुने अबस्थामा आएका छन । पहिलो पुस्ता बाट दोस्रो पुस्तामा सिप हस्तान्तरण नहुदाँ उनिहरुले लगाउने आफनै मौलिक्तासँग जोडिएका भेषभुषा समेत लोप हुदै गइरहेका बेला मोरङको बेलबारीका धिमाल जातिका महिलाहरु भेषभुषाको संरक्षणसगै आमदानिको स्रोत बनाइरहेका छन । बेलबारी नगरपालिकाले तालिम तथा उपकरण दिएपछि धिमाल जातिका युवतिहरु लोप हुदै गएको भेष भुषाको संरक्ष्णसँगै ब्याबसायिक समेत बनिरहेका छन । 

नगरपालिकाले तमलिम र उपकरण दिएपछि उनिहरु घर घरमै तान राखेर बिहान बेलुका समय निकाले बुन्ने गरेका छन । बिद्यार्थीहरुले समत तान बुनेर आफनो खर्च जुटाई रहेका छन । समय निकालेर काम गर्न सक्दा राम्रो आमदानि हुने इस्मिता धिमाल बताउछिन । बजार अभाब छैन नगरप्रमुखले बजारको ब्यबस्थापन गरीदिने बताउनु भएक्को उनले भनिन्न केहि सामाग्रिहरु उहाँहरुलेनै खरीद गरेर लगिदिइ राख्नु भएको छ । धिमाल जातिका महिलाहरुले झोला, गल्बन्दि, पोटानि,तन्ना लागतका कपडा बुन्ने गरेका छन ।  जातीय पहिरन संरक्षण हुने तथा त्यसलाई व्यावसायिकता बनाएर आत्मनिर्भर बन्ने लक्ष्यका साथ उनिहरु  जुटिरहेका छन । 

पेटानी गुन्यूजस्तै हो तर, पेटानी करिब पाँच÷छ हात मात्रको हुन्छ । पेटानी लगाउँदा महिला केवल छाती मात्रै ढाक्छन् । पेटानी लगाउने महिलाले चोलो लगाउँदैनन् । पेटानी लगाउने महिलाले छाती मात्रै छोप्छन् र पेटानी घुँडा मुन्तिरसम्म मात्र लगाउँछन् । पेटानी प्रायः कालो रङको हुन्छ । यो घरमै महिलाले धागो कातेर तानमा बनाउने गर्छन् । पेटानि सगै झोला, तन्ना, गल्बन्दी समेत उनिहरुले हातेतानको भरमा बेच्ने गरेका छन । उनिहरुले बुनेका सामाग्रिको मुल्य ३ सय देखी ३ हजार सम्म रहेको छ । 

निशेधाज्ञाको समयमा उनिहरुले तालिममा लिएको सिपको बिकास गरीरहेका छन । नगरपालिकाकै सहयोगमा एउटा तालिम केन्द्रको स्थपना गरेको धिमाल जाति बिकास केन्द्र बेलबारीका अध्यक्ष कबिन्द्र धिमालले बताए । उनका अनुसार तालिम संचालनका लागि हल, तथा तानबुन्ने मेसिन तान लगाउने मेसिन लगायका उपकरण नगरपालिकाले सहयोगगरेको थियो । तालिम लिएरनै ५० जना भन्दा बढि महिला ब्याबसायिरुपमा विभिन्न कपडाहरु उत्पादन गरीरहेका छन । तालिम दिएर तानबुन्ने मेसिनलगायतका उपकरणहरु नगरपालिकाले दिएपछि उनिहरु हौसिएर लागि परेका छन। 

बजारीकरणमा समेत नगरपालिकाले सहयोग गरीदिएपछि उनिहरु ब्याबसायिक बन्न प्रयास गरीरहेका छन ।उनिहको सिपलाई अन्तराष्ट्रिय बजारमा बजारीकरण गरीदिने लक्ष्य समेत नगरपालिकाले लिएको छ । मोरङका केहि स्थानियतहरुले धिमाल जातिलाई पहिलो जातिकारुपमा घोष्णा गरेका छन । तर उनिहरुको संसकार सस्कृर्तिको संरक्षण सँगै आर्थीक बृद्धिदरमा भने खासै चासो दिने गरेका छैनन । तर बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुबेदी भने उनिहरुले उत्पादन गरेका बस्तुको अन्तराष्ट्रिय बजारमा बजारीकरण आफै लागेर गरीदने बताउछन । उनि भन्छन संसकार सस्कृर्ति सँग पनि जोडिएका बस्तुबाट राम्रो आमदानि गर्न सकिन्छ ।  बेलबारीक धिमाल महिलाहरुले बुनेका सामाग्रिको मुल्य ३ सय देखी दुइ हजार पाँच सय सम्म रहेको छ ।गल्बन्दी झोला, बर्को , पेटानि लगायतका सामाग्रिहरु उनिहरुले हातेतानको प्रयोग गरेर बनाउने गरेका छन ।  



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.