Websoft University

कटारी -मेयर उपमेयर वडा अध्यक्षको सुकुम्बासीले तोडफोड गर्दा १ करोड ५४ लाखको क्षतिभएकोछ

 


गाईघाट ९ जेष्ठ । रातो तारा डट कम,सार्बजनिक जग्गा अतिक्रमण गरी बनाईएको घर भत्काएको बिरोधमा आको्रसित स्थानियले कटारी नगरपालिकाको मेयर , उपमेयर ,कर्मचारी र वडा न ४ का वडा अधक्ष्यको घर तोडफोड गर्दा भण्डै १ करोड ५४ लाख बराबरको क्षति भएको छ । नगरपालिका र प्रहरीले गरेको सार्वजनिक  बिवरण अनुसार मेयरको गाडी , मोटरसाईकल , डोजर , दमकल, नगरपालिकाको फर्निचर समेत मा क्षति पुगेको मेयर ज्ञानेन्द्र श्रेष्ठले बताए । “उत्तेजित भिडले चार वटा घरमा ठुलो क्षति पुग्ने गरी तोडफोड गरे ।”उनले भने इलाका प्रशासन  कार्यालय बसेको भबन र मदन भण्डारी राजमार्ग को साईड अफिसले प्रयोग गरेको घरमा समेत क्षति पुगेको उनले बताए । गत बुधबार सार्बजानिक जग्गा  अतिक्रमण गरी बनाईएको केहि घर नगरपालिकाले डोजर लगाएर भत्काएको थियो । भबन भत्काएको बिरोधमा स्थानियले मेयर सहित चार जनाको घर तोडफोड गरेको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.