Websoft University

२४ घण्टामा उदयपुरमा चार जना कोरोना संक्रमीतको मृत्यु


श्याम राई -उदयपुर गाईघाट, २ जेष्ठ । रातो तारा डट कम,पछिल्लो २४ घण्टामा उदयपुरमा चार जना कोरोना संक्रमीतको मृत्यु भएको छ ।

शनीबार राती ३ जना र आईतबार विहान १ जनागरि ४ को मृत्यु भएको हो ।

त्रियुगा नगरपालिका–१० का ६३ वर्षिय पुरुष चौढण्डीगढी नगरपालिका सातघारेस्थीत कोभिड अस्पतालमा उपचारको क्रममा आईतबार विहान मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख तेज वहादुर पोखरेलले बताए । अस्पतालमा सामान्य अवस्थामा रहेका उनको हृदयघातको कारण मृत्यु भएको पोखरेलले    बताए ।

त्रियुगा नगरपालिका–३ मोतिगडाका ४५ वर्षिय पुरुषको झापाको विएनसी अस्पताल , चौढण्डीगढी नपा–५ का ५६ वर्षिय पुरुषको नोवेल अस्पताल विराटनगर र त्रिनपा–१२ का ५१ वर्षिय पुरुषको ग्रिनक्रस अस्पतालमा राती मृत्यु भएको हो । योसँगै उदयपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेकोछ ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.