Websoft University

सुन्दरदुलारी उद्योग वाणिज्य संघद्धारा संकलित ४० थान सिलिन्डर नगरपालिकालाई हस्तान्तरण!

 


शिव भट्टराई, मोरङ । रातो तारा डट कम,सुन्दरदुलारी उद्योग वाणिज्य संघको सक्रियतामा पहिलो चरणको सिलिन्डर संकलन अभियान अन्तर्गत ४० थान अक्सिजन ग्याँस सिलिण्डर उद्योग कलकाखानाबाट भेला पारी नगरप्रमुख शिवप्रसाद ढकाललाई हस्तान्तरण गरेको छ।

सुन्दरहरैंचा नगरपालीका वडा नं २,३,४,५,६ र ७ का वडाध्यक्षहरु, सुन्दर दुलारी उद्योग वाणिज्य संघका अध्यक्ष किशोर कार्की, प्रहरी चौकी गछिया लगायत अन्य सामाजिक व्यक्तित्वहरूको सहयोगमा सङ्कलन गरिएको सिलिण्डर आईतबार हस्तान्तरण गरिएको अध्यक्ष किशोर कार्कीले बताएका छन् भने यस कार्यलाई दोस्रो तेस्रो चरण सम्म निरन्तरता दिने उनले बताएका छन्।


सो हस्तान्तरण गर्ने क्रममा मेयर ढकालले कोरोना भाइरसको संक्रमण बढिरहेको क्रममा अक्सिजन सिलिण्डर प्राण वायुको रूपमा रहेको र यसलाई सङ्कलन गरी हस्तान्तरण गरेकोमा सम्पूर्ण टिमलाई धन्यवाद व्यक्त गरेका थिए।त्यस्तै नगरपालिका भित्र रहेका संक्रमितहरुको लागि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको टोली कोरोना पोजिटिभ भएका व्यक्तिहरूको घर घरमा गई आवश्यकता अनुसारको सेवाको व्यवस्था गरिएको उनले बताएका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.