Websoft University

अन्दाजी ३ लाख ८८ हजार भन्दा बढिको भन्सार छलिका सामान बरामद

 


मोरङ विराटनगर महानगरपालिका वडा नं।१७ मटेरुवा स्थित नेपाल-भारत सिमाना नजिक बाटोको साईड किनारमा प्लाष्टिकको बोरामा प्याक गरी चिनी, काजु, जिरा मसला लगायतका अन्दाजी २ लाख २७ हजार ९ सय भन्दा बढिको बिभिन्न खाध्यन्न सामग्री अबैध रुपमा भन्सार छली चोरी पैठारी गरि भारतबाट नेपाल तर्फ ल्याई वेवारिसे अवस्था जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानी, विराटनगरमा बुझाईएकोछ । 

 


विराटनगर महानगरपालिका वडा नं।१६ स्थित दरैया नजिक प्लाष्टिकको बोरामा प्याक गरी बिभिन्न चना, मटर, मरिच लगायतका अन्दाजी ५५ हजार बराबरको खाध्यन्न सामग्री अबैध रुपमा भन्सार छली चोरी निकासी गरि नेपालबाट भारत तर्फ लैजानको लागि वेवारिसे अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानी, विराटनगरमा बुझाईएकोछ । 


 विराटनगर महानगरपालिका वडा नं।११ स्थित बसपार्क नजिक प्लाष्टिकको बोरामा प्याक गरी अन्दाजी १ लाख ६ हजार भन्दा बढिको बिभिन्न लत्ता कपडा लगायतका सामग्री अबैध रुपमा भन्सार छली  चोरी पैठरी गरि भारतबाट नेपालतर्फ ल्याई वेवारिसे अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानी, विराटनगरमा बुझाईएको । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.